
अब पुराना बैंक खातामा पनि राष्ट्रिय परिचयपत्र अनिवार्य, असोज मसान्तभित्र विवरण अपडेट गर्नुपर्ने
नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै पुराना बैंक खातामा पनि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरेको छ। ग्राहकले आगामी २०८३ असोज मसान्तभित्र केवाईसीसहित विवरण अद्यावधिक गर्नुपर्नेछ।










